बुटवल -५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।। क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।
पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।
१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिनुभएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा बन्नुभएको थियो । उहा प्रदेशसभाकै जेष्ठ सदस्यसमेत हुनुहुन्थो।
२०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पर्नुभएको थियो । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्य सम्म हुनुभयो ।
२०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आउनुभएका पोखरेलका पत्नी, चार छोरा र दुई छोरी छन् ।
प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्