जनता टुडे बुटवल ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली काँग्रेसलाइ बलियो बनाएर अगाडी बढाउन नेता कार्यकर्ता सबै एकजुट हुनु पर्ने बताउनु भएको छ । काँग्रेसको तिलोत्तमा नगरसमिति वडा नं २ ले आज आयोजना गरेको क्रियाशील सदस्यता बितरण तथा बनभोज कार्यक्रमलाइ सम्बोधन गर्दैैै नेता खाँणले कार्यकर्ता पंक्तिनै पार्टीको मुल जग भएकाले व्यक्तिबादी प्रबृत्ति त्यागेर एकजुट हुन नेता कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको हो
दुइ तिहाइको सरकारले आम जनताको हितमा काम गर्नुको साटो उल्टै जनताका मौलिक अधिकारहरु समेत हनन गरी शक्रि केन्द्रिकृत गरीरहेकाले त्यसका बिरुद्ध स्थानीय तहदेखि नै शसक्त खबरदारी गर्न पनि नेताकार्यकर्तालाइ आग्रह गर्नु भयो । वडा नं. २ का सभापती तिर्थराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,जिल्ला सदस्य कृष्ण गौतम, महिला संघका सभापती गंगा शाही,वडाका उपसभापती पुर्णबहादुर खत्री,सचिव कुलप्रसाद पराजुली लगायतयले बोल्नु भएको थियो । कार्यक्रममा करिब १ सय जनालाइ पार्टीको क्रियासील सदस्यता बितरण गरीएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्