लुम्बिनी वाणिज्य क्याम्पस, अनेरास्ववियू र स्ववियु निर्वाचन

लुम्बिनी वाणिज्य क्याम्पस, अनेरास्ववियू र स्ववियु निर्वाचन

बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पस, अनेरास्ववियू र स्ववियु निर्वाचन २०३८ सालमा स्थापना भयको पछिल्लो समय राष्ट्रकै उत्कृष्ट सामुदायिक क्याम्पस हुन सफल लुम्बिनी वाणिज्य क्याम्पस बुटवल ११ देविनगरमा अवस्थित छ। व्यवस्थापन संकायको पढाई हुने यस क्याम्पस मा करिब ४,५००/- भन्दा बढि बिद्यार्थी अध्ययनरत छन। हाल यस क्याम्पसमा BBS, BBM, MBS र त्रिवि बाट संम्बन्दन प्राप्त आफ्नै स्वायत्त कार्यक्रम MBA-BF, BBA-FA र MBS-F जस्ता बिषयको अध्यापन हुन्छ, MBS-F को प्रवेश परिक्षा यहि माघ २९ गते बुधवार रहेको छ। त्रिविले २०७२ देखि सेमेस्टर प्रणाली लागू गरेपछि र स्ववियुमा उमेरहद २८ वर्ष कायम गरेपछि स्ववियु निर्वाचनको माहोल कम हुँदै गएको छ । विगतमा उमेरहद नतोकिँदा बुढा विद्यार्थी नेता पनि उम्मेदवार बन्ने र एउटै व्यक्ति पटक–पटक चुनाव लड्ने अवस्था थियो । अहिले पढाइमा बढी केन्द्रित हुने कम उमेरका विद्यार्थी उम्मेदवार बन्ने अवसर छ। स्वबियु निर्वाचनकै सन्दर्भमा भन्नुपर्दा २०६५ साल यता लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन २०७३ सालमा हुन लागेको स्ववियु निर्वाचन पनि अन्य केहि बिद्यार्थी संगठनका नेताहरुको व्याक्तिगत स्वार्थको कारण स्ववियु निर्वाचन हुन सकेन र स्ववियु नेतृत्व विहिन नै रह्यो । बिगतमा २०६२ र २०६५ सालमा लगातार अनेरास्ववियू ले स्ववियु निर्वाचन जितेपछि क्याम्पसको मुहार नै फेरियो। त्यो भन्दा पहिले अन्य बिद्यार्थी संगठनले स्ववियु जित्ने गर्थे। २०६२/६५ उता को लुम्बिनी वाणिज्य क्याम्पस र २०६२/६५ यता को लुम्बिनी वाणिज्य क्याम्पस मा फरक सहजै छुट्याउन सकिन्छ, जितपछि सुरुमै पश्चिमाञ्चल कै सबैभन्दा ठुलो सभाहलको निर्माण गर्यो, BBM, BBA, MBA जस्ता कोर्षहरु क्याम्पस मा आउँदा सबै भन्दा खुसि अनेरास्ववियू भयको छ अनेरास्ववियू को सपना पुरा भयको छ। आज आधुनिक किसिमका भौतिक पुर्वाधार छन, सस्तो शुल्कमा पढाई भईरहेको छ, पुस्तकालयमा स्तर, क्यान्टिनको गुणस्तर, क्याम्पस मा हेल्प डेक्स को व्यवस्था, छात्राहरुको लागि महिनावारि हुँदा प्याडको व्यवस्था, पुस्तकालयलाई व्यव्वस्थित गर्ने कुराहरु, सुचनालाई प्रभावकारि बनाउन क्याम्पसको web site र Facebook page व्यवस्थित गर्ने कुरा लगायतका कामहरु गरेको छ, क्याम्पस मा भर्ना भयका बिद्यार्थी को रु १,००,०००/- बराबरको कामहरु गरेको छ, क्याम्पस मा भर्ना भयका बिद्यार्थी को रु १,००,०००/- बराबरको दुर्धटना बिमा अनेरास्ववियू कै आन्दोलनको उपलब्धि हो। क्यापसमा आधुनिक भवन निर्माण भैरहेको अवस्थामा छ, पुस्तकालयको माथिल्लो तल्लामा E- library सम्पन्न हुँदैछ छात्रावास को योजना बनायर अगाडि बढिरहेको छ, क्याम्पसलाई मानित विश्वबिद्यालय बनाउने अनेरास्ववियू को सपना पुरा गर्न र बिगत ११ बर्ष यता स्ववियु बिहिन लुम्बिनी वाणिज्य क्यापसको स्ववियु को नेतृत्व लिन र कुशलतापूर्वक जिम्मेवारी पुरा गर्न अनेरास्ववियू तयार छ। अघिल्लो पटक स्ववियु निर्वाचनको चर्चा चल्दै गर्दा केहि विद्यार्थी संगठनले क्याम्पसमा आगजनी गर्ने क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गर्ने जस्ता कार्यहरु गरे र ४,५ दिन क्याम्पस नै बन्द हुने स्थिति सृजना गरे । यो उनीहरुको हुतिहारापन, कमजोरीपन हो । जसले आगजनी गर्छ अशान्ति फैलाउछ , उनीहरु स्ववियु निर्वाचनको लायक विद्यार्थी संगठन होइनन् । उनीहरुसँग विद्यार्थीको चरित्र छैन । स्ववियु निर्वाचनको महत्व बुझेका छैनन् । उनीहरु स्ववियु निर्वाचनको विपक्षमा छन् भन्ने प्रष्ट हुन्छ । तर पनि केहि समययता उनिहरु बिद्यार्थी को सहयोग गर्ने भन्दै फागुन १४ गते हुन गईरहेको स्ववियु निर्वाचनमा आफुलाई जिताउन अनुरोध गर्दैछन । ति बिद्यार्थी संगठन र ति बिद्यार्थी नेताहरुलाई स्ववियु निर्वाचन मार्फत यहि फागुन १४ मा गतिलो जवाफ बिद्यार्थी ले नै दिनेछन, आजका बिद्यार्थी हरु चिल्ला कुरा र व्याक्ति गत स्वार्थ भन्दा पनि एजेन्डा र तथ्याङ्क मा विश्वास गर्ने हुँदा एजेन्डा विहिन बिद्यार्थी संगठनहरु लाई मुस्किल पर्ने पक्का छ। अनेरास्ववियू ले लुम्बिनी वाणिज्य क्याम्पस मा पुन स्ववियु को नेतृत्व लियर बिद्यार्थी को हकहितको पक्षमा निरन्तरता दिने प्रतिज्ञा गरिरहेको

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij