JanataToday.com

Advertisment

SKIP THIS

अरविन्द केजरीवाल तेस्राे पटक दिल्लीका मुख्यमन्त्री बने

अरविन्द केजरीवाल तेस्राे पटक दिल्लीका मुख्यमन्त्री बने

काठमाण्डौ
आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए ।
केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन ।
आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्ता पठाएको छ । यद्यपि प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका छन् ।
यसका साथै दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरु, भाजपा र काङ्ग्रेसका प्रदेश अध्यक्षलाई पनि आमन्त्रण गरिएको थियो ।
केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन अपिल गरेका थिए । शपथ ग्रहण समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।
गएको फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजा त्यसको तीन दिनपछि आएको थियो । जसअनुसार आम आदमी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो । सन् २०१५ जस्तै काङ्ग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन ।
अरविन्द केजरीवालले सन् २०१३ मा काङ्ग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij