बुटबल । प्रदेश नम्वर ५ को नाम र स्थायी राजधानी शिफारिस गर्न गठित संसदको विशेष समितिले संयोजक तोकेको छ । संयोजकमा रोल्पाका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन चयन भएका छन् ।
गत साउन २४ गते ३ महिनाका लागि गठन भएको समितिको म्याद सकिएपनि समितिले पहिलो बैठक बसेको दिनबाट मात्र कार्यावधि तोकिने ठहर गर्दै अन्तिम दिन भन्दै मंगलबार बैठक बसेर संयोजक चयन गरेको हो ।
बैठकले समितिको प्रतिवेदन बुझाउने समय थप गर्न सभामुख मार्फत अनुरोध गर्ने र समितिको कार्यबिधि तयार गर्ने जिम्मेवारी नवनिर्वाचित संयोजकलाई दिने निणर्य गरेको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने अधिकार पाएको समितिमा रोल्पाका पुन सहित रुपन्देहीका तुल्सी प्रसाद चौधरी र रमा अर्याल, कपिलवस्तुका बिष्णु प्रसाद पन्थी र सहर्षराम यादव, अर्घाखाँचीका निर्मला क्षेत्री, कल्पना पाण्डे र चेतनारायण आचार्य, गुल्मीका दिनेश पन्थी, पाल्पाका बिर बहादुर राना र नारायण प्रसाद आचार्य, दागंका सरस्वती गौतम,प्युठानका तारा जिसी, बर्दियाका दिपेश थारु र भुवनेश्वर चौधरी सदस्य छन्।
संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्वन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्