बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुन्छन : नेकपा अध्यक्ष प्रचण्ड

बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुन्छन : नेकपा अध्यक्ष प्रचण्ड

चितवन
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुने स्पष्ट पानुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबारआज पत्रकारहरुसंग कुराकानीगर्दै अध्यक्ष प्रचण्डले पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको हो । उहाँले प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने विषय कल्पना समेत गर्न नसकेको बताउनुभयो ।
“पार्टीमा केही न केही बिवाद त भैरहन्छ । यसलाई समान्य रुपमा नै लिनुपर्ने हुन्छ । राष्ट्रिय सभामा लैजाने एउटा सिट बाँकि छ । त्यसमा सचिवालयको बैठकले सर्वसम्मत रुपमा उपाध्यक्ष बामदेवलाई लैजाने भन्ने कुरा भएको छ ।” प्रचण्डले भन्नुभयो । “महासचिव र प्रवक्तावले यो कुरा सार्वजनिक गरिसक्नु भएको छ ।” प्रधानमन्त्रीले पनि पार्टीको निर्णयलाई मान्ने प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले बामदेवलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस नगरे के हुन्छ रु भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले सिफारिस नगर्ने कुरा मैले कल्पना समेत गर्न नसक्ने बताउनुभयो । “सिफारिस नगरे के हुन्छ भन्ने कुरातिर म अहिले जान चाहन्न । आफ्नै अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णय उहाँले मान्नुहुन्न भन्ने विषय कल्पना समेत गर्न सक्दिन ।”
संविधान संशोधन गरेर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषयबाट पार्टी पछि हटेको पुर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री केपि ओलिले नै २१ गतेसम्म बामदेवलाई नै सिफारिस गर्ने प्रचण्डले दावि गर्नुभयो । राष्ट्रपतिबाट गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपनि छ महिनासम्म डा।युवराज खतिवडालाई नै अर्थमन्त्री बनाउन सकिने उहाँको भनाई छ । “मन्त्री बन्नका लागि राष्ट्रियसभामा जानुपर्छ भन्ने छैन, राष्ट्रियसभामा नगए पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले चाहेमा छ महिना सम्म मन्त्री बनाउने अधिकार संविधानले नै दिएको छ ।”
व्यवसायीहरुसँगको भेटपछि बामदेवलाई अगाडि सारिएको कुरा कपोल्कल्पित भएको दाहालले बताउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगको भेटलाई उहाँले सामान्य राजनितिक प्रक्रिया भएको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij