JanataToday.com

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउने सरकारको निर्णय

कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउने सरकारको निर्णय

काठमाडौं -चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता पाउने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए ।

बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।

स्रोतकाअनुसार बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो । अब यो समितिले नै यसबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि आवश्यक निर्णयहरु यही समितिमार्फत गर्न निर्देशन दिएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्दशन दिएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित एक जना नेपालमा पनि भेटिएका थिए । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् । कोरोना संक्रमणको आशंकामा दुई सय बढीको नमूना लिइएको थियो तर सबैको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको आएको छ ।

तर, पछिल्लो समय इरान, इटली र दक्षिण कोरियामा कोरोना संक्रमण फैलिएको छ भने मध्ययूर्व र युरोपका देशहरुमा पनि देखिएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij