काग्रेस रुपन्देहीको दलित बिभागमा रामकिसन बिश्वकर्मा

काग्रेस रुपन्देहीको दलित बिभागमा रामकिसन बिश्वकर्मा

भैरहवा

नेपाली काग्रेस रुपन्देहीले दलित बिभाग बिस्तार गरेको छ । काग्रेस रुपन्देहीका जिल्ला सदस्य रामकिसन बिश्वकर्माको संयोजकत्वमा दलित बिभाग बिस्तार गरेको हो । संयोजक बिश्वकर्माले बिभागलाई पुर्णता दिन जिल्लाका १७ जना दलित अगुवा तथा कार्यकर्तालाई सदस्यका लागि सिफारिष गरेका छन् । उनले पार्टि सभापति अब्दुल रज्जाक समक्ष सदस्यहरुको नामावली प्रस्ताव गरेका हुन् ।
बिश्वकर्माले प्रस्ताव गरेकाहरुमा बुटवलका गौतम कालिराज, मातृका प्रसाद गहतराज, भैरहवाका घाश्याम बिश्वकर्मा, रामनयन हरिजन, श्यामलाल धवल, सलुजा रामदाम, किरण लामगादे, तिलोत्तमाका रामबहादुर परियार, बिमल नेपाली, देवदहका सचिन बिक, सैनामैनाका शान्ति बिश्वकर्मा, मोहन बिक, मायादेविद गाँउपालिकाका हदृयराम हरिजन, गोर्कण बिश्वकर्मा, मोहनकुमार बिक, ओमसतिया गाँउपालिकाका दिपेन्द्र हरिजन, गैडहवा गाँउपालिकाका पानमति हरिजन रहेका छन् ।
पार्टि भित्रको दलित बिभागलाई बलियो र संगठीत बनाउनका लागि बिभाग बिस्तार गरिएको जनाईएको छ । कागे्रसको बिधान अनुसार बिभिन्न बिभागहरु गठन गर्ने क्रम चलेको छ ।
दलित बिभागको संयोजक भएसंगै बिश्वकर्माले काग्रेसको नीति, बिचार र सद्धान्त अनुरुप काम गर्ने बताए । उनले लोकतन्त्र, समाजबाद र राष्ट्रियताको मुलमनत्रलाई आत्मसात गर्दै दलित आन्दोलनलाई बलियो बनाउन लागि पर्ने उल्लेख गरे ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij