ग्यासको वितरण सहज नपारे उद्योगीलाई सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने सरकारको चेतावनी

ग्यासको वितरण सहज नपारे उद्योगीलाई सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने सरकारको चेतावनी

काठमाडौँ – सरकारले ग्यासको वितरण सहज नपारे ग्यास उद्योगीलाई सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएको छ । उद्योगमन्त्री लेखराज भट्टले ग्यास उद्योगीलाई मन्त्रालयमै बोलाएर यस्तो चेतावनी दिएका हुन् ।

ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने उनको चेतावनी छ । सोमबार बिहान ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाइएको थियो ।

उक्त बैठकमा मन्त्री भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् । ‘व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको छ, संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्छौँ’ भट्टले भने ।

उनले अघि धने, ‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ ।’

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए । ‘निगमले ग्यास दिएको छैन वा हाम्रा कर्मचारीले असहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्’ मन्त्री भट्टको भनाइ थियो ।

मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका थिए ।

बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij