भैरहवा । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव तयार गर्न प्रदेश ५ मा सुझाव संकलन गर्दैछ ।
यही मंसिरको अन्तिम साता काठमाडौमा हुने महासमिति बैठकमा पेश गर्ने प्रस्तावका लागि सुझाव लिन पार्टी सभापति शेर बहादुर देउवा, प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेता भैरहवा आएका छन्।
कांग्रेसले यसअघि अरु प्रदेशमा सुझाव लिइसकेको छ। काग्रेसको रुपन्देही जिल्ला पार्टी कार्यालय परिसर भैरहवामा सुझाव संकलन चल्ने छ ।
प्रदेशका पार्टी केन्द्रिय सदस्यहरु, आमन्त्रीत केन्द्रिय सदस्यहरु, पार्टी जिल्ला सभापतिहरु, प्रतिनिधि सभाका सदस्यहरु, राष्टिय सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु,भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेशस्तरीय सभापति वा अध्यक्षहरु, निर्वाचित नगर प्रमुखहरु, उपप्रमुखहरु तथा गाउपालिकाका अध्यक्ष उपााध्यक्षहरु सहभागी हुने जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए।
प्रदेश ५ मा पनि संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई सुझाव संकलनका लागि संयोजक तोकेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्