लकडाउनले युट्युब हेरेरै भएपनि भान्सामा नयाँ नयाँ परिकारहरु बन्न थालेका छन्।
घरका कुनामा थन्किएका गितार, बासुरी, हार्मोनियमले जानी नजानी धुनहरु निकाल्न थालिरहेका छन्⌋
सामाजिक संजालहरु आफ्ना जिन्दगीका पुराना पलहरुका यादले भरिन थालेका छन्।
सधै स्कुलमा व्यस्त हुने छोराछोरीहरु घरमा व्यस्त हुन थालिसकेका छन्।
करेसाबारीले समय पाएको छ।
बुटवल
सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अहिले सबै जना आफनो आफनो घरमा घर परिवार संग दिन बिताइरहेका छन हामी पनि बिताएका छौ । अरु बेला परिवारका सदस्य कमै भेटघाट हुने, सहरबजारमा अहिले सबै जना एकैसाथ रहेकाले बालबालिकासँग बस्ने, रमाउने र खेल्ने अवसर प्रदान गरेको छ यो लकडाउनले युट्युब हेरेरै भएपनि भान्सामा नयाँ नयाँ परिकारहरु बन्न थालेका छन्। सधै स्कुलमा व्यस्त हुने छोराछोरीहरु घरमा व्यस्त हुन थालिसकेका छन्। करेसाबारीले समय पाएको छ। सामाजिक संजालहरु आफ्ना जिन्दगीका पुराना पलहरुका यादले भरिन थालेका छन्। घरका कुनामा थन्किएका गितार, बासुरी, हार्मोनियमले जानीरनजानी धुनहरु निकाल्न थालिरहेका छन्। आफ्नै पेशा, व्यवसायमा रमाउने मानिसहरु अहिले आफ्नै परिवार तथा छोराछोरीहरुसँग रमाउन थालेका छौँ।
अहिले हामीसँग आफू र आफ्नो परिवारका लागि प्रशस्तै समय छ। यो खाली समयलाई जति सक्दो आफूलाई अनि आफ्नो पेशा तथा व्यवसायलाई पहिलाको भन्दा निकै राम्रो बनाउने योजनाहरु सोचौ । आफ्नो मनलाई शान्त पार्ने र सकारात्मक उर्जा दिने खालका किताबहरु पढौँ।अभिभावकले आफ्ना छोराछोरीहरु लाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी गरौ ।बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन यो बेला समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ । घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ ।”बालबालिकालाई गीतसङ्गीत, खेल, साहित्य र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि व्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ ।बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिन्छ बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन् । यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ ।घरमै रहेका बालबालिकालाई अभिभावक र परिवारका सदस्यलेआफ्ना बालबच्चासँगै बसेर पढाइलाई निरन्तरता दिन र बेला बेलामा मनोरञ्जन पनि गर्न गर्ने दिनु अत्यन्त जरुरी रहन्छ । अभिभावकले आफ्ना छोराछोरीहरुको भावनालाई बुझ्ने प्रयास गरौँ। उनीहरुसँगै घरभित्रै खेल्न मिल्ने खालका खेलहरु खेलौँ। अभिभावकहरु आफ्ना छोराछोरीको साथि अनि शिक्षक दुवैको भूमिका निभाउनु पर्ने बेला हो यो। किताब लेख्ने योजनामा हुनुहुन्छ भने त्यो पनि सुरु गर्नुहोस्। आफ्ना सम्बन्धहरुलाई अझै प्रगाड बनाउने समय हामीले पाएका छौँ।आफ्नो दैनिकी लेख्न सुरु गर्नुहोस्। हामीले बालबालिकाहरुमा साहस र सधै केही गरौ भन्ने भावना सिर्जना गराउन सक्नुपर्छ।यो बेला लाई कसैले पनि खेर जान लदिउ ।
प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्