यस्ता छन् कांग्रेसलाई दिएका सुझाव

यस्ता छन् कांग्रेसलाई दिएका सुझाव

भैरहवा : नेपाली काग्रेसले पाँच नम्बर प्रदेशमा संकलन गरेको राजनैतिक प्रस्ताव मस्यौदा संकलनमा पार्टीले आगामि दिनमा तय गर्ने बाटो स्पष्ट पार्दै धर्म स्वतन्त्रताका बिषयमा महासमिति बैठकमा खुलेर बहस गर्न सुझाव दिएका छन् ।

बर्तमान अबस्थामा नेपाली काग्रेस एजेण्डा बिहिन जस्तै भएको भन्दै काँग्रेसका महासमिती सदस्य, संघिय, राष्टिय सभा तथा प्रदेश सभा सांसद, पार्टी सभापति, समेयर तथा उपमेयर, गाउपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् काग्रेसका बौद्धिक व्यक्तिहरुले सुझाव दिदै काग्रेसले परराष्ट नीति तथा नयाँ पुस्तालाई पार्टीमा सहभागि गराउने बिषयमा गंभिर समिक्षा गर्न आग्रह गरेका छन् ।

नेपाली काग्रेस काँग्रेसले संकलन गरेको सुझावमा सहभागीहरुले काँग्रेसले अब लिनुपर्ने बाटो, संघियता कार्यान्वयनमा देखा परेका समस्या र समाधानको उपाय, पराराष्ट्र निती सम्बन्धमा, नयाँ पुस्तालाई काँग्रेसमा आवद्ध गर्ने उपाय लगायतका विभिन्न एघार वटा बुदाँमा केन्द्रित रहेर राय तथा सुझाव दिएका छन् । ६ वटा समूह बनाएर पार्टीले सुझाव संकलन गरेको थियो ।

सुझाव दिदै काँग्रेसका रोल्पा कार्यवाहक सभापति मोहन परियारले काँग्रेसको अब बन्ने दस्तावेजमा धार्मिक स्वतन्त्रताका विषयमा खुलेर उल्लेख गर्नुपर्ने सुझाव दिए । उनले पार्टीले धर्म निरपेक्षता राख्ने वा धर्म सापेक्षता राख्ने विषयमा पार्टीमा बहस चलाउन आवश्यक रहेको बताए । उनले ३० किलो सुनकाण्ड, विमानकाण्ड र निर्मला हत्याप्रकारणमा पार्टीको स्पष्ट धारणा नआएको भन्दै यस्ता विषयहरु पार्टीले स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए ।

त्यस्तै बर्दिया सभापति एवं पूर्वमन्त्री संजय गौतमले एक व्यक्ति एक पदको अवधारणा लागु गर्दै समावेशी सहभागिता कार्यान्वयनमा जोड दिनु पर्ने बताए । उनले वर्तमान सरकारलाई जनविरोध सरकार हो भनेर दस्तावेजमै राख्नुपर्ने र जनतालाई बुझाउनु पर्ने सुझाव दिए ।

यस्तै काग्रेस नेता लेखनाथ पोखरेलले काँग्रेसको भातृ तथा शुभेच्छुक संस्था तथा संगठनको निर्वाचन बैठक तथा अन्य क्रियाकलाप समयमै गर्नुपर्ने सुझाव दिए । साथै, पार्टीलाई बलिया बनाउन बुथ देखि नै प्रशिक्षण तथा तालिमको व्यवस्था गर्नुपर्ने र बुथ समितीबाटै नेतृत्वलाई बलिया बनाउन पर्ने सुझाव दिए ।

त्यस्तै काँग्रेस अर्घाखाँची सभापति विष्णु खनाल मुस्कानले विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको ग्यारेण्टी गर्ने गरी पार्टीले व्यवस्था मिलाउनु पर्ने बताए । उनले पार्टीलाई कार्यकर्तामा आधारित भएर अगाडी बढ्न सुझाव दिए ।

त्यस्तै काँग्रेस गुल्मी सभापति भुवन श्रेष्ठले संकलन भएका राय तथा सुझावलाई राजनैतिक प्रस्तावमा समावेश गर्न सुझाव दिए । उनले वर्तमान वामपन्थी शक्ति चरम अवसरवादी शक्तिको रुपमा उदाएको र पार्टीले सोही अनुरुप हेर्दै जनतामाझ बुझाउन जरुरी रहेको बताए । उनले पार्टिले बिगतमा गरेका गल्तीलाई सच्चाउदै जानुपर्ने बताए ।

यस्तै बाँके जिल्लाबाट निर्वाचित सांसद सुरेन्द्र हमालले वर्तमान सरकार संघियता कार्यान्वयनमा फितलो देखिएकोले पार्टीले स्पष्ट धारणा राख्नुपर्ने सुझाव दिए । उनले काग्रेसले सबैबर्ग र क्षेत्रलाई समेट्दै सबैलाई समान दृष्टिले हेर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij