काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
गत जेठ ३ गते पार्टी एकता गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपाले अहिलेसम्म सदस्यहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको थिएन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको नेकपा सचिवालयको बैठकले शनिबार बस्ने अर्को बैठकबाट सदस्यहरुको कार्यविभाजनबारे निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने र पोलिटव्यूरो कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्