पार्टी सभापति देउवाप्रति केसीको आक्रोश : हुकुमी शैली अमान्य

पार्टी सभापति देउवाप्रति केसीको आक्रोश : हुकुमी शैली अमान्य

बुटवल । कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै हुकुमी शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाएका छन् ।
पार्टी सभापतिको व्यक्तिमुखी भूमिका भएको भन्दै उनले पार्टी भद्रगोलको अवस्थामा पुगेको बताए ।

‘पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भने, ‘हुकुमी शैलीमा सभापतिले जसरी पार्टी सञ्चालन गरिरहनु भएको छ, यो अमान्य छ ।’

पार्टीनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा देखिएको संकटको दोषी पार्टी सभापति हुने भन्दै देउवा शैलीकै उपज भएको उनले बताए ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका केसीले पार्टीको भविष्य भने थप उज्ज्वल रहेको बताउन भ्याए । संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनको भनाइ छ ।

पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेका केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै रोष प्रकट गरे ।

सरकारका ९ महिने कार्यकालको समीक्षा गर्दै उनले ९ महिना गफमै बितेको बताए । चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी सरकार जनहित विपरीत हिँडेको केसीको आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ’, केसीले सरकारबारे विश्लेषण गर्दै भने ।

‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भने, ‘ चुनावमा बाँडेको झुटको पोकाबाट अहिलेको सरकार आफैं थिचिन थालेको छ ।’

केसीले संघिय लोकतान्त्रिक गणतन्त्रको पुर्ण कार्यान्वयनका लागि वर्तमान सरकार नै अनिच्छुक देखिएको बताए ।

सिंहदरवारको अधिकार गाउँ गाउँ पुर्‍याउने त भनियो तर अधिकारजति प्रधानमन्त्रीमा केन्द्रित गरिएको छ– उनले भने– कसरी संघिय गणतन्त्र सस्थागत हुन सक्छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij