काठमाडौं ।
सीमा अतिक्रमण गर्ने भारतीय कदमको नेपाल तरुण दलले बिरोध गरेको छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई स्विकार्य नहुने तरुण दलले जनाएको छ ।
“भारतले गत शुक्रबार नेपालको भूमी लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पुयाएको छ,” तरुण दलले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ, “यसरी हाम्रो भूमी माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ ।”
कुनै पनि मुलुकको सीमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य भएको भन्दै तरुण दलले समस्या समाधानका लागि सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नुले सरकारको चरित्र उदांगो भएको टिप्पणी गरेको छ ।
“देशको सीमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भूमीको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ,” विज्ञप्तीमा भनिएको छ ।”
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्