काठमाडौँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकारले फजुल खर्च कटौती गर्ने महत्वपूर्ण अवसर गुमाउन लागेको बताएका छन्। आज मंगलबार प्रतिनिधिसभा अन्तरगत संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकतामाथि छलफलमा भाग लिँदै थापाले यस्तो बताएका हुन्। उनले राज्यको आम्दानी घट्दै गएको समयमा पनि सरकारले फजुल खर्च कटौती गर्न नचाएको बताएका हुन्। ‘हामी फजुल खर्च कटौती गर्ने अवसर गुमाउँदैछौं,’ उनले भने, ‘सार्वजनिक खर्च अनुगमन आयोगको सुझाव कार्यान्वनको अवस्था गुम्दैछ। यसतर्फ सरकारले ध्यान दिओस्। राज्यको आम्दानी घट्दै गएको समयमा पनि सरकारले फजुल खर्च कटौती गर्न चाहेको देखिएन।’ सांसद थापाले अर्थमन्त्री डा।यूवराज खतिवडाले हेरेर संसदमा महत्वपूर्ण विषयहरु प्रि बजेट छलफलमा पेश नगरेको अरोप लगाए। ‘कोरोनाबाट कस्तो अवस्था आउँछ भन्न सकिने अवस्था नै छैन। संसारका अर्थतन्त्रलाई कसरी प्रभावित पार्छ भन्ने योबारेमा प्राथामिकता उल्लेख छैन,’ उनले भने, ‘अर्थमन्त्रीज्यू विद्धान् हुनुहुन्छ, उहाँले सांसदलाई हेपेर यिनले ढल पानीका कुरा गर्ने त हुन् भन्नेबाहेक केही सोच्नुभएन।’
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्