कोरोना नियन्त्रण नसक्ने प्रधानमन्त्री राजीनामा दिन प्रतिपक्षी सांसदहरुको माग

कोरोना नियन्त्रण नसक्ने प्रधानमन्त्री राजीनामा दिन प्रतिपक्षी सांसदहरुको माग

काठमाडौं ।

कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै राजीनामा माग गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गर्नुभयो ।

सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरिरहेको अवस्थामा राजीनामा दिन राजभण्डारीले आग्रह गर्नुभयो । नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै राजभण्डारीले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो ।

‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई आराम गर्न आग्रह गर्दछु । डाक्टरले भनेको छ आराम गर्न, मन्त्रीले साथ दिएका छै्रनन । देशलाई बचाउन, जनतालाई भोकबाट बचाउन र बाहिर रहेका नागरिकलाई बाटो खोल्न आग्रह गर्दछु ।’

सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ ? यो संसदमा राष्ट्रियतको विषयमा बहस हुन्छ । राष्ट्रियता भनेको माटो हो की मान्छे हो ? दुबै हो । जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन् । जसलाई पसिनाको गन्धको आनन्को अनुभूति हुँदैन तयसले माटोके सुगन्ध पनि थाहा पाउन सक्दैन् ।

मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर पनि भ्रम छैन् ।’’

विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नागरिकको खल्ति रित्तिदा देशको ढुकुटी नै रित्तिनेभएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन ? उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो, ‘‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारी देखी भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने लेखौ भनेर कसैले भनेनन् ? रोजगारी बृद्धि ,हुन्छ नेपालको समृद्धि भन्ने नारा लेख्दै गर्दा यहि २ महिनामा लाखौ मानिस बेरोजगारी भइसके भनेर सकैले भनेनन् ? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर सकैले भनेनन् ?’’

सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उहँले प्रश्न गर्नुभयो ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गर्नुभयो । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै यादवले सरकारले लकडाउनको समयावधि बढाइरहेपनि संक्रमितको संख्या पनि बढिरहनु चिन्ताजनक भएको जिकिर गर्नुभयो ।

कोरोना नियन्त्रणका लागि काम गर्न सरकारसँग प्रयाप्त समय भएपनि सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । यादवले सरकारले ल्याएका नीति तथा कार्यक्रम संघीयतामुखि देखिएको बताउुनभएको छ ।

कृषिको व्यवसायीकरण, अस्पताल निर्माण लगायतका अधिकतम योजनाहरु संघमुखि बनाएर संघीयतामाथि प्रहार भएको उहाँले बताउनुभो । ‘सबै काम संघले गर्ने भए प्रदेशका काम के ? देशलाई संघीय संरचनामा किन लग्यौँ ?’ उहाँले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij