बुटवल : नयाँ शक्ति पार्टी नेपाल निकटको दलित शक्ति नेपालको दोस्रो बिस्तारीत बैठक बुटवलमा सम्पन्न भएको छ ।
दुई दिन सम्म चलेको बिस्तारीत बैठकले देश भरी भएका दलित तथा महिला हिंसाका घटनाको भत्सर्ना गर्दै त्यस्ता बिभेद, हिंसा र बलत्कारका घटना तत्काल रोक्न सरकारसँग माग गर्नुका साथै त्यस्ता घटना बिरुद्ध संघर्ष गर्ने लगायतका निर्णयहरु गरेको छ । बैठक पश्चात दलित शक्ति नेपालले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।
बैठकले दलित शक्ति नेपालको राष्ट्रिय सम्मेलन २०७५ साल चैत्र २४,२५ र २६ गते बुटवलमा गर्ने निर्णय गरेको छ ।
सम्मेलनको तयारीका लागि बैठकले दलित शक्ति नेपालका केन्द्रिय संयोजक खिमबहादुर बिकको संयोजकत्वमा एक सय एक सदस्सीय आयोजक समिति समेत गठन गरेको सो संगठनका प्रवक्ता सन्तबहादु बिस्वकर्माले बताए ।
त्यसैगरी बैठकले ओमप्रकाश बिकको संयोजकत्वमा अन्तराष्ट्रिय बिभाग र नरबहादुर सुनारको संयोजकत्वमा प्रवास कमिटी गठन गरेको पत्रकार सम्मेलनमा बितरीत प्रेस बिज्ञप्तिमा जनाईएको छ ।
दलित शक्ति नेपालका संयोजक खिमबहादुर बिकको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी नेपाल महाधिबेशन आयोजक समिति सदस्य तथा दलित अल्पसंख्यक बिभाग प्रमुख कमला हेमचुरी लगायतले बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्