काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न नेता थापाको आग्रह

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न नेता थापाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गर्नुभएको छ ।  नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गर्नुभएको हो ।  पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराउनु भएको छ । उहाँले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोली नै बैठक बोलाउनु पर्नेमा जोड दिनुभएको छ ।

सामाजिक सञ्जालहरुमा उहाँले लेख्नुभएको छ, “परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ । काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गर्नुभएको छ । भारतले सीमाना मिचेको विरुद्धमा नेता थापा सर्वाधिक सक्रियताका साथ लाग्नु भएको छ भने हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उहाँले जोड दिदै आउनुभएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij