एमसीसी संसद्‍बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्न निर्देशन दिने

एमसीसी संसद्‍बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्न निर्देशन दिने

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निष्कर्ष निकालेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटको अनुसूचीमासमेत यो विषय उल्लेख गरेपछि नेकपाले शनिबार बिहान अनौपचारिक बैठक बोलाएको थियो ।
नेकपा सचिवालय बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावललाई पनि बोलाइएको थियो । बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीमा छलफल नगरी किन विधेयकमा उल्लेख गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
बजेट कानुन भएको उल्लेख गर्दै पार्टीको अपमान गर्नेगरी किन ल्याइयो भन्दै आक्रोश व्यक्त गरेका थिए । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममा एमसीसी संसदको अंग बनेको भन्दै सम्बोधन गरेकाले बजेटमा पनि उल्लेख गरिएको जानकारी गराएका थिए । उनले नीति तथा कार्यक्रम अनुनसार बजेट बनाएको बताउँदै एमसीसी संसदबाट अनुमोदन भए बजेटमा उल्लेख गरिएअनुसार अघि बढ्छ नभए खारेज हुने धारणा राखेका थिए ।

प्रधानमन्त्रीले पनि पारित भए अघि बढाउने नभए अघि नबढाउने बताएका थिए । नेकपा नेता रावलका अनुसार एमसीसी अनुमोदन नभएसम्म कुनै पनि काम अघि नबढ्ने विषयमा निष्कर्ष निकालिएको बताए । आजको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनतामा सम्झौता गर्नेगरी अघि नबढ्ने बताएका थिए भने झलनाथ खनाल, माधव नेपाल, गौतम, नारायणकाजी श्रेष्ठ, नेता रावललगायतले अहिले बजेटमा किन उल्लेख गरिएको भन्दै प्रश्न गरेका थिए ।
बैठकपछि प्रवक्ता श्रेष्ठले अहिले एमसीसी सम्झौताका बाँकी काम प्रधानमन्त्रीले तत्काल अघि नबढाउन निर्देशन, पार्टीको सचिवालय बैठक तत्काल बोलाउने, त्यसको मिति दुईजना अध्यक्षले तय गर्ने र एमसीसी पारित गर्ने कि नगर्ने भन्ने संसदलाई नै निर्णय गर्न दिने विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij