भैरहवा -भैरहवा को एक क्वारेन्टाइन मा सगै राखिएका पुरुषहरुले मदिरा सेवन गरे पछी महिलाहरु समस्या मा परे को गुनासो गरेका छन ।
रुपन्देही को सिद्धार्थ नगर नगर पालिकाले निर्माण गरेको भैरहवा नमुना मावि को क्वारेन्टाइन मा बसेका पुरुषहरुले दिनहु मदिरा सेवन गर्न थाले पछी आफुहरु असुरक्षित भएको त्यहा का महिला हरुले बताएका छन ।
भारत को विभिन्न शहर बाट रोजगारी गरेर फर्किएका नेपालीहरु लाई उक्त क्वारेन्टाइन मा राखिएको छ । क्वारेन्टाइन मा रुपन्देही, जुम्ला, दैलेख, दाङ्ग,डोटी,रौतहट, सप्तरी,सखुवासभा,काठमाडौ,धरान, सुनसरी, बाके का गरी ९१ जना रहेका छन । जसमा ५५ जना पुरुष, १७ जना महिला, ५ जना बालिका,र १४ जना बालक रहेका छन । क्वारेन्टाइन मा बस्ने पुरुषहरु ले दिनहु मदिरा सेवन गरेर झगडा गर्ने र आफुहरु लाई अनावश्यक कुरा बोल्ने गरेको त्यहा रहेका महिलाहरु ले बताएका छन । बाहिरी मानिस आवत जावत गर्न नमिल्ने क्वारेन्टाइन भित्र कसरी मदिरा भित्रियो भन्ने चासो को विषय भएको छ । नेपाल प्रहरी का ३ जना र शसस्त्र प्रहरी का २ जना २४ सै घण्टा क्वारेन्टाइन को सुरक्षा का लागी खटिएका छन । यस विषय मा क्वारेन्टाइन रहेको वडा नम्बर ५ का वडा अध्यक्ष चेत बहादुर क्षेत्री ले केही दिन पहिला पनि मदिरा सेवन गरेर झगडा भएको थाहा पाए पछी आफु ले उनीहरु लाई सम्झाएर अब देखी यस्तो नगर्न चेतावनी दिएको बताउछन । वडा अध्यक्ष ले भने मदिरा कहा बाट आयो भन्ने आफु लाई थाहा नभएको बताए । रुपन्देही का प्रहरी उपरिक्षक हेम कुमार थापाले भने प्रहरी डियुटी मा खटिएको मुख्य गेट बाट कोही पनि भित्र जान सक्दैन अन्य कुनै ठाउ बाट कसै ले पुर्याएको हुन सक्छ,, कसरी क्वारेन्टाइन भित्र मदिरा भित्रियो यस विषय मा आफु ले जानकारी लिने बताए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्