राष्ट्रियसभाका सांसदहरूद्धारा महिलाका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने माग

राष्ट्रियसभाका सांसदहरूद्धारा महिलाका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने माग

काठमाडौं
राष्ट्रियसभाका सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने माग राखेका छन्‌। सुदूरपश्चिमको कैलालीस्थित लम्की चुहानगरपालिकामा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कार भएपछि महिला सांसदहरूले यस्तो माग गरेका हुन्‌। उनीहरूले घटनाको विरोध गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने बताएका छन्‌। राष्ट्रियसभाको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की दिलकुमारी रावलले कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन्। उनले भनिन्, ुमहिला सङ्क्रमितको संख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टाइन व्यवस्था गर्न तथा सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु  नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए। सोही पार्टीका मायाप्रसाद शर्माले रोजगारीको सिलसिलामा मलेसिया गएका जाजरकोट नरगाढा नगरपालिकाका वीरबहादुर कामीको जेठ १५ गते मृत्यु भएको बताउँदै शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्‌। नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय रहेको बताए। उनले दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। मापदण्डविपरित सञ्‍चालित क्वारेन्टाइन तत्काल व्यवस्थित गर्नुपर्ने उनले माग राखेका छन्‌।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij