नेपाली काँग्रेसले नागरिकताको सम्बन्धमा नागरिकता ऐन २०६३ को प्रावधानमाथिको अडान कायम राखेको छ ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताबीच भएको बैठकले राज्य व्यवस्था समिति सदस्यहरुलाई नागरिकता ऐन २०६३ को प्रावधानमा अडान राख्न निर्देशन दिएको हो ।
मंगलबारको समितिको बैठकमा राज्यव्यवस्था सचिवालयले विवाह गरी आउनेका लागि सात वर्ष पुगेपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रस्ताव गरेको पछि काँग्रेसले साविककै अडान राखेको हो ।
बैठकमा सहभागी सांसद डिला संग्रौलाले संविधानमा भएको व्यवस्थाकै निरन्तरताको पक्षमा काँग्रेस उभिएको बताइन् ।
संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने काँग्रेसले निष्कर्ष निकालेको हो
प्रकाशित मिति : बुधबार, असार ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्