सैनामैना –पछिल्लो केहि समय यता मानब जीवनको मन मस्तिष्कमा एउटै शब्दले नकरात्मक रुपमा प्रभाब पारेको छ ।सम्पुर्ण जगत आफ्नो रफ्तारमा अविचलित रुपले अगाडि बढिरहेको अबस्थामा कोरोना नामक प्राणघातक रोगले बिश्व मानब समुदाय निकै भयवित भईरहेको छ । चिनको वहान शहरबाट फैलिएको कोभिड १९ अहिले बिश्वका करिब २१६ देशमा फैलिसकेको अबस्था छ । लाखौं संख्यामा मानिसहरु संक्रमणको शिकार बनेका छन भने यसैको अनुपातमा मृत्यु हुनेको संख्यामा पनि दिन प्रति दिन उकालो लागेको छ । यस्तै पछिल्लो चरणमा हाम्रो देश पनि कोराना को उच्च जोखिम अबस्थामा दक्षिणी छिमेकी मुलुक भारत र तेस्रो मुलुक बाट नेपाल प्रबेश गर्ने नेपाली हरुमा संक्रमण दर बढ्दो रहेको छ भने २२ नेपालीको मृत्यु भैसकेको छ । जुन हाम्रो लागि निकै चुनौतिपुर्या रहेको छ । यस प्राणघातक रोग कोरोना भाईरस अर्थात कोभिड १९ का कारण देश करिब ३ महिना देखि लकडाउनको अबस्थामा छ । जसको असर देशको पर्यटन ,व्यापार व्यबसाय ,शैक्षिक संस्था ,कलकारखाना ,उद्योग ,यातायात लगाएत दैनिक ज्याला मजदुरी का क्षेत्रमा यसले प्रत्यक्ष असर पारेको छ ।
नयां वर्षको शुरुवात हुनु भन्दा पहिल्यै बाट देश लकडाउनमा छ । कोरोनाको त्राशका कारण लाखौ विद्यार्थीहरुले हतार हतार गरि वार्षिक परिक्षा दिएर घरमै सिमित भएका छन । नयां शैक्षिक सत्र शुरु त भयो तर नत बिद्यार्थीहरुमा नयां जोश आयो नत शिक्षक,अभिभाबकमा नत शैक्षिक क्षेत्रमा । यतिबेला साना देखि ठुला ,निजी देखि सार्वजनिक सबै शैक्षिक क्षेत्रमा नै कोरोना ले प्रत्यक्ष असर पारेको छ भने लाखौ बिद्यार्थीहरु अन्यौलता मा दिन गुजारीरहेका छन् । त्यसो त एस ई ई अर्थात कक्षा १० का परिक्षा दिन नपाएका साठे चार लाख विद्यार्थीहरुको आन्तरिक मुल्याङ्कनबाट रिजल्ट प्रकाशन गर्ने भनेको छ भने कक्षा १२ देखि स्नातकोत्तर तह सम्म का परिक्षाहरु स्थगित भएका छन भने पठन पाठन पुर्णरुपमा बन्द भएका छन् ।जसको परिणाम विद्यार्थी तथा देशको भबिष्यमा नकरात्मक रुपले देखा पर्ने अबस्था रहेको छ ।
यहि अन्यौलता र पछि आउन सक्ने नकरात्मक असरलाई मध्य नजर राख्दै सरकारले बिभिन्न बिद्युतिय माध्यमबाट कक्षाहरु सञ्चालन गर्न आह्वान गरेको छ । फलस्वरुप कतिपय विद्यालय तथा क्याम्पसले अनलाईन कक्षा सञ्चालन गरेता पनि त्यसको सकरात्मक प्रभाबकारीता देखिएको छैन् । एकातिर बिद्यार्थीहरु कोरोनाको त्राशबाट मानशिक रुपमा विचलित भएका छन् । अर्काे तिर शहरमा डेरा गरि बस्ने अधिकाशं विद्यार्थीहरु आफ्नो घर अथात गाउंमा गएका छन् । भौगोलिक बिबिधताका कारण अझै पनि नेपालका ग्रामिण क्षेत्रमा मोवाईल नेटर्वकको समस्या रहेको छ ।फोन को आवाज सुन्न त डाडां डाडा धाउनु पर्ने यो कठिन अबस्था मा कसरी अनलाईन कक्षा पढ्ने ? फोन नेटर्वक ले काम नगर्ने ठाउंमा डाटा र वाईफाईको परिकल्पना गर्नु भनेको आकाशको फल आखां तरि मर भने जस्तै हो । त्यसैले अनलाईन कक्षा सन्चालन गर्नु भनेको कोरोनाको कहरमा विद्यार्थीलाई थप मानशिक तनाब दिएको छ ।यो जटिल अबस्थामा समस्या समाधाका लागि तिनै तहको सरकार स्थानिय ,प्रदेश र संघ ले दिर्घकालिन उपायहरु अबलम्बन गर्नु पर्ने देखिन्छ ।निश्चित मापदण्ड तथा नियमहरु निमार्ण गरेर रोकिएका सबै तहका परिक्षाहरु सन्चालन गर्ने तर्फ सरकार ले ध्यान दिन जरुरी छ । वर्तमान को बदलिदो परिवेश संगै अब को शिक्षा नितिमा पनि परिवर्तन हुन जरुरी छ । पढेका कुराहरु व्यबहारमा लागु हुने निति शिक्षा क्षेत्रमा हुनु आजको आबश्यकता हो । जब सम्म शिक्षा क्षेत्रमा आमुल परिर्वन हुदैन तब सम्म देशले सकरात्क परिवर्तन को आभाष गर्न पाउदैन ।कोरोना माहामारीको यो जटिल परिस्थितिमा कतिपय संस्थागत बिद्यालय तथा कलेजहरुले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन यो संगै महिनावारी फिस उठाउनु सामान्य कुरा हो तर यसले बिद्यार्थी र अभिभाबकमा पार्ने नकरात्मक असरलाई सरकारले बेलैमा सजकता अपनाउन जरुरी छ । कसनै पनि तह र तरिका बाट शिक्षालाई व्यापारीकरण र निजीकरण गर्न पाईदैन भन्ने समग्र बिद्यार्थी र अभिभाबकको साझा माग हो ।
प्रकाशित मिति : आइतबार, असार ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्