पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै कांग्रेस नेता

पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै कांग्रेस नेता

काठमाडौं स्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ। कोरोनामा सरकारी कामकाजबारे कांग्रेसका तर्फबाट अनुगमनको जिम्मा पाएका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानकर्षण गराएको हो। महतको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेर पिसिआर विधिबाट कोरोना परीक्षण बढाउन आग्रह गरेको हो। त्यस्तै उनीहरुले क्वारेन्टाइनको व्यवस्थापन सरकारले तयार पारेको मापदण्ड अनुरुपको बनाउन पनि सरकारले दबाब दिएका छन्। उक्त टोलीले स्वास्थ्यमन्त्रीलाई यस्तो महामारीमा मन्त्रीहरुले मात्र नभई विज्ञको सुझाब लिन पनि आग्रह गरेको एन पी साउदले जानकारी दिए। ‘हामीले आज कोरोना परीक्षण पिसिआर विधिबाट धेरै भन्दा धेरै गर्ने व्यवस्था मिलाउन मन्त्री ज्यूलाई ध्यानकर्षण गरायौँ,’ उनले भने, ‘अहिले प्राय सबै स्थानीय तहहरुमा कोरोना संक्रमित भेटिएका छन। अरु पनि संक्रमित थपिन सक्छन्। त्यसैले ती पालिकाहरुमा सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराउन पनि भनेका छौँ। क्वारेन्टाइन सरकारले बनाएका मापदण्ड अनुरुपको हुनुपर्यो भनेर भनेका छौँ।’ कांग्रेसले संकटको बेला खरिद गरेको स्वास्थ्य सामाग्रीमा पनि अनियमितता गरेको भन्दै त्यसको छानविन गर्न पनि माग गरेको छ। महतको संयोजकत्वमा स्वास्थ्यमन्त्रीलाई भेट्न मोहन बस्नेत, एन पी साउद, गगन कुमार थापा, चन्द्र भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी मन्त्रालय गएको नेवि संघका नेता अनुराग शाहले जानकारी दिए।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij