बुटवल
रोटरी क्लब अफ तिनाउ बुटवलको चौथो पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको हो । बर्ष 2019/20 का अध्यक्ष भगवती पाण्डेले बर्ष 2020/21 का अध्यक्ष ज्ञानधरा पन्थलाई पद हस्तान्तरण गरेकी हुन । त्यस्तै बर्ष 2019/20 का सचिव अमृता भुसालले बर्ष 2020/21 का सचिव रमिला शर्मालाई बैठकको माइन्युट र 2019/20 का कोषाध्यक्ष अन्जना पाण्डेले बर्ष 2020/21 का कोषाध्यक्ष अनिता भुसाललाई गत बर्षको आर्थिक आय ब्यय हस्तान्तरण गरेकी थिइन ।
कार्यक्रममा अध्यक्ष पन्थलाइ क्लबका बर्ष 2020/21 का क्लबका एसीस्टेन्ट गभर्नर खिमानन्द भुसालले अध्यक्षको पद तथा गोपनियताको सपथ खुवाएका थिए भने अध्यक्ष पन्थले क्लबका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन ।नब निर्वाचित अध्यक्ष पन्थले क्लबले अगाडि सारेका योजनालाई पुर्णता दिदै स्वार्थ भन्दा माथी रहेर सामाजिक सेवामा समर्पित हुने बताइन । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा देबि आचार्यले अब महिलाले महिलाले के गर्न सक्छ्न र? होइन के गर्न सक्दैनन र भन्ने धेरै कामहरु भएको बताइन ।राज्यका हरेक निकायमा महिलाको अनिबार्य सहभागीताको कुरा पनि महिलाको क्षमता र दक्षताको आधारमा रहेको बताइन । हिजो महिला सहभागीता देखाउन राखेपनी आज अब नेतृत्व र योगदान र क्षमताका आधारमा महिला तयार भएको बताउदै उनले घर घरबाट महिलाको समान सहभागीता हुनुपर्ने बताइन ।

चौथो पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि आचार्यले अब महिला पर निर्भर होइन आर्थिक रुपमा पनि आत्मनिर्भर हुन जरुरी छ ,उनले भनिन । समुहगत रुपमा महिलालाइ सशक्तीकरण हुने खालका कार्यक्रमहरुमा नगरबाट सहयोग गर्ने समेत प्रतिबद्धता जनाइन । कार्यक्रममा बर्ष 2020/21 का ए जी खिमानन्द भुसाल , 2019/20 का एसिस्टेन्ट गभर्नर राजेन्द्र ढकाल, जी.एस.आर.एजाज आलम, स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रलका अध्यक्ष बाबुराम भट्टराई , नि बर्तमान अध्यक्ष राजेन्द्र कार्की, क्लबका सस्थापक अध्यक्ष देबि वाग्ले , पुर्ब अध्यक्ष जमुना पौडेल, इलेक्ट प्रेसीडेन्ट प्रतिमा भुसाल , द्दित्तीय उपाध्यक्ष कल्पना तिवारी, टी आर एफ चेयर मिना पाण्डे अस्मिनाले क्लबको प्रगति र सामाजिक सेवामा समर्पित हुन क्लबलाई शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बर्ष भरी आ आफ्ना जिम्मेवारी सफलतापुर्बक सम्म्पन्न गरेको भन्दै बर्ष 2019/20 का अध्यक्ष भगवती पाण्डेले क्लबका पदाधिकारी तथा सस्दयलाई मायाको चिनो प्रदान गरेकी थिइन ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्