कांग्रेसद्धारा प्राकृतिक विपत्तिबाट नागरिकलाई सुरक्षित व्यस्थापन गर्न सरकारसँग माग

कांग्रेसद्धारा प्राकृतिक विपत्तिबाट नागरिकलाई सुरक्षित व्यस्थापन गर्न सरकारसँग माग

काठमाडौं ।
नेपाली कांग्रेसले सरकारसँग बाढी, पहिरो तथा डुवानको जोखिमयुक्त स्थान पहिचान गरेर प्रभावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यस्थापन गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलले आइतबार विज्ञप्ति जारी गरेर सरकारसँग बाढी, पहिरो तथा डुवानको जोखिमयुक्त स्थानका नागरिकको जिउधनको सुरक्षा गर्न माग गरेको हो ।
प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा बाढी, पहिरो तथा डुवानबाट हुने क्षति न्यूनीकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ ।
मनसुन सुरु भएदेखि बाढी, पहिरो र डुवानका कारण बझाङ, पाल्पा, गुल्मी, स्याङ्जा, गोरखा, लमजुङ, दार्चुला, सल्यानलगायतका स्थानमा हालसम्म झण्डै दुई दर्जन मानिसहरूको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij