बुटवलको सुख्खानगरमा वृक्षारोपण

बुटवलको सुख्खानगरमा वृक्षारोपण

बुटवल –  बुटवल उपमहानगरपालिका वडा नं.–८ अन्तर्गतको धर्म सिर्जना टोल विकास संस्थाले धर्मपथ (क) सडकको फुटपाथमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई स्वच्छ र हराभरा शहरका रुपमा विकास गर्न प्रत्येक घरले २ बटा विरुवाअनिवार्य रुपमा लगाउनुपर्ने बताउनु भएको थियो ।

वहाँले बुटवल उपमहानगरपालिका नमुना शहर बनाउन सबै टोल विकास संस्थाहरुलाई सक्रिय हुन समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले वडालाई बुटवलकै नमुना वडा बनाउनआफु निरन्तर लागिरहेको बताउनु भएको थियो ।

टोल विकास संस्थाकीअध्यक्ष पवित्रा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यगोमा ज्ञवाली, भवानी सुवेदी, गौमती सुनार, इन्जिनियर ज्ञानप्रसाद अर्याल, सामाजिक ब्यक्तित्व टिकाराम न्यौपाने, पदमबहादुर श्रेष्ठ, पदम बहादुर पुन, टोल विकास संस्थाका पदाधिकारी, सदस्यतथा सल्लाहकार लगायतको उपस्थिति सम्पन्नभएको उक्त कार्यक्रमको सञ्चालन देवकी गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij