नेसनल प्याथ ल्याब ले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पायो

नेसनल प्याथ ल्याब ले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पायो

बुटवल ।
सरकारले निजी क्षेत्रलाई पनि कोरोना पिसीआर परिक्षणका लागि अनुमति दिने निर्णय गरेपछि बुटवल स्थित नेसनल प्याथ ल्याब सेन्टरले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति प्राप्त गरेको छ ।
बुटवलमा निजी प्रयोगशालामा कोरोना पिसीआर परिक्षणको स्विकृत पाउने नेसलन प्याथ ल्याब पहिलो र एक मात्र संस्था भएको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताउनुभयो। पिसिआर परीक्षणका लागि अनुमति पाए पनि तत्काललाई ल्याबले सरकारले उपलब्ध गराएको नमुना मात्रै परीक्षण गर्ने र भुक्तानी पनि सरकारबाट लिने व्यवस्था रहेको बताइएको छ ।
ल्याब सञ्चालनका लागि लायन्स क्लब अफ बुटवल सिद्धबाबाको पहलमा बुटवल–१२ बेलबासमा भवनको व्यवस्था गरिएको र सोही भवनमा टेष्टको काम गरिएको निर्देशक जोशीले बताउनुभयो । प्रयोगशालाले जैविक सुरक्षा जोखिमलाई ध्यानमा राखेर हाल बुटवल अस्पताललाईमा सञ्चालनमा रहेको प्रयोगशालाभन्दा बेग्लै स्थानमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गरिएको जोशीले जनाउनुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निजी प्रयोगशाला कोभिड–१९ को मोलिक्युर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७ को सबै मापदण्ड पूरा गरेपछि नेसनल प्याथ ल्याबले पिसिआर परीक्षणका लागि स्वीकृति पाएको हो । प्रयोगशालाले पत्र संख्या २०७६÷७७, चलानी नं। १४७७ को मिति २०७७ असार २४ गते ल्याबलाई दिएको अनुमतिपत्रमा परिक्षण गर्न इच्छुक रहि प्रस्ताव गरेमा मापदण्ड पुरा भएको हुदा अनुमति दिइएको जनाइएको छ ।
ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले पिसिआर परीक्षणका लागि बायोसेफ्टी लेबल २ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको बताउनुभयो । उक्त प्रयोगशालाले दैनिक न्यूनतम क्षमता ३ सयदेखि ४ सय परीक्षण गर्नसक्ने क्षमता रहेको जोशीको भनाई छ । सरकारी मापदण्ड अनुसार पिसिार ल्याबका दक्ष प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियनको सम्पूर्ण व्यवस्था ल्याबले गरेको र काममा कुनै कमी नहुने जोशीको दावी छ ।
नेशनल प्याथ ल्याव, बुटवलले गत चैत्र महिनामा प्रदेश ५ सरकारलाई उच्च क्षमताको रियल टाइम पीसीआर परिक्षण मेसिन निशुल्क प्रदान गरेको थियो । प्रदेशमा कोरोना संक्रमणका विरामी बढ्न थालेपछि प्रदेश सरकारले प्रदेशमै पिसीआर परिक्षण सुरु गर्ने तयारी गरेपछि ल्याबले मेसिन दिएको थियो । ल्याबले दिएको मेसिनको प्रयोगले परीक्षणको नतिजाले तीव्रता पाएको थियो ।
दैनिक १४ र १५ वटाको नतिजा दिने गरेकोमा सो मेशिन थपिएसँगै दिनमै साढे दुई सयको परीक्षणको नतिजा आउने थालेको बताइएको छ । प्रदेश ५ सरकारले सो मेसिन रुपन्देहीको भैरहवामा सञ्चालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा ल्याइएको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सूचीकृत नेशनल प्याथल्याबसँग कोरोना परीक्षण गर्ने सम्पूर्ण आवश्यक मेसिन, जनशक्ति तथा अन्य उपकरणहरु पहिलेदेखिनै उपलब्ध रहेको थियो । ल्याब निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न सरकारको अनुमतिको पर्खाइ थियो ।यस ल्याबको बुटवल, गुल्मी, दाडको घोराही र तुलसीपुरमा, अर्घाखाँची र धनगढीमा शाखा बिस्तार गरी सेवा दिदै आएको छ । ल्याबको नेपालभर १०० भन्दा बढी स्थानमा सँकलन केन्द्र समेत रहेका छन् । रुपन्देहीमा यस ल्याबको भैरहवाको जनकपथ, गल्लामण्डीको काफले कम्लेक्समा शाखा ल्याब र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा सँकलन केन्द्र रहेको छ । बुटवलमा प्रधान कार्यालय रहेको ल्याबले शाखाहरुबाट समेत बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij