विवाहको लागि प्रियंका र जोनस् जोधपुर !

विवाहको लागि प्रियंका र जोनस् जोधपुर !

भारतीय नायिका प्रियंका चोपडा विवाहको लागि अमेरिकी पपस्टार निक जोनससँग जोधपुर पुगेकी छन्। उनीहरु विहीबार बिहानै विशेष विमानबाट जोधपुर पुगेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्।

सञ्‍चारमाध्‍यमहले बताए अनुसार प्रियंका र निकको विवाहसँग जोडिएको कार्यहरु आजैबाट सुरु भएको छ।जोधपुर प्रियंका आफ्‍नो परिवारको साथमा पुगेकी हुन।

सेतो कुर्ता र पलाजोसँगै रंगीन सल बोकेकी प्रियंका निक जोनस्‌सँग निक्‍कै उत्साहित दखिन्थिइन्।निकले पनि सेतो कमी र फ्‍यान पेन्ट्ससँगै ट्‍यान ज्‍याकेट लगाएर गएका थिए।उनको विवाहमा करीब २५० भन्दा बढी मानिसहरु आउन सक्‍ने बताइएको छ।

जोधपुरमा नायिका प्रियंकासँगै उनकी आमा मधु चोपडा, उनकी बहिनी परिणीति चोपडा, निकका भाई अर्थात ‘गेम्स अफ थ्रोन्स’का कलाकार सोफी टर्नर समेत देखिएका थिए। हवाइ अड्‍डाबाट सिधैं गन्तव्‍यमा पुग्‍न केही हेलिकोप्टरको समेत व्‍यवस्था गरिएको छ।

प्रियंका र निक जोनसको विवाह हिन्दु र इसाइ दुवै रीति-रिवाजका साथ हुँदैछ।विवाहपछि सम्बन्धित रीतिरिवाज भने प्राइभेट हुनेछ। जसमा मात्र उनका परिवारका सदस्‍य तथा नजिकका साथीहरु सहभागी हुनेछन्।

यस्तै मेहेन्दी र संगीत कार्यक्रम बिहीबारदेखि नै उम्‍मेद भवनमा आयोजना गरिनेछ, जहाँ निक आफ्‍नो गीत सुनाउने छन् भने प्रियंका आफ्‍नो डान्स नम्बरमा नाच्‍ने छिन्।

विवाहअघि शुक्रबार हल्दी कार्यक्रमको आयोजना गरिनेछ,जसमा दुवै परिवारका सदस्‍यहरु, सम्बन्धित साथीभाई र ककटेल पार्टी सँगै हुनेछ।
उम्‍मेद भवन सुरक्षाका कारण तीन दिनसम्‍म बन्‍द राखिनेछ। प्रियंकाको विवाहको कार्यक्रम बुधबार मुम्बइमा एउटा पूजाबाट सुरु भएको थियो।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij