ओली र प्रचण्डबीच आज वान टु वान वार्ता

ओली र प्रचण्डबीच आज वान टु वान वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ । ओली प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको छैन । गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्रबारको स्थायी समिति बैठक स्थगित गरेका थिए ।

बाढी पहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रीत रहन निर्देशन दिएको थियो ।

त्यसलगत्तै शनिबार अध्यक्ष प्रचण्ड चितवन गएर सोमबार काठमाडौ फर्केका छन् ।

गत असार १० गतेबाट जारी सो पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

जसले पार्टी नै विभाजनको संघारमा पुगेको भन्दै नेताहरुले दुई नेतालाई सम्बादमार्फत निकास खोज्न दवाव दिँदै आएका छन् ।

सोही अनुसार ओली र प्रचण्डबीच पटक पटक वान टु वान वार्ता भएपनि ओली कुनै हालतमा राजीनामा दिन तयार भएका छैनन् । बहुमत स्थायी समिति सदस्यको मागविपरित ओलीले अडान नछाडेपछि विवाद थप पेचिलो बन्दै आएको थियो ।

गत बुधबारबार दुई नेताबीच भएको वार्तापछि दुवै नेताबीच पुन अर्को वार्ता नहुनु र त्यसपछि दुवै नेताले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै गोप्य सहमति भएको हो कि रु भन्ने आशंका समेत हुन थालेको छ । चितवन पुगेर प्रचण्डले दिएको अभिव्यक्ति र देशवासीका नाममा ओलीले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै सहमति भएको हो कि रु भन्ने आशंकालाई बल पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij