आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना

आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना

काठमाडौं
आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू(भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ। मनसुन सुरु भएयता देशका विभिन्‍न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ। प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बए। कर्णाली प्रदेश र सुदूरपश्‍चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ। मनसुन सुरु हुनुभन्दा पहिले देखि नै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए। गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बाँस्कोटाले जमिन चिरा परेको र रुखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे। पानीका मुहानहरू सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्‍न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको बताए। सरकारी गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनले बताए। नेपालमा मनसुन सुरु भएको ३० दिन ९जेठ ३० देखि असार २७ सम्म० मा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ। विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३० दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ। अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन्। विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ। चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ। देशका विभिन्‍न ३३ जिल्लामा विपद्बाट मानविय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन्।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij