काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी असोज महिनाको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछि परीक्षा बोर्ड परीक्षा सञ्चालनको तालिका बनाउन लागेको छ ।
कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने भएको छ । विगतमा परीक्षा केन्द्र तय गरिएका दुई सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।
बोर्डले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ । बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ ।
यसअघि ११ कक्षाको समेत परीक्षा लिँदै आएको बोर्डले अब परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धांकपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्