काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन दिनपछि संवाद भएको छ ।
पार्टीभित्र संकट गहिरिँदै गएपछि साउन ६ गते उनीहरू संवादमा बसेका थिए । त्यसदिन बाढी, पहिरोपीडित नागरिकहरूको उद्धारमा कार्यकर्ता पंक्ति परिचालन गर्ने, सरकारलाई प्रभावकारी राहतको व्यवस्था गर्न निर्देशन दिने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस गर्ने सहमति कायम गरेर दुई अध्यक्ष उठेका थिए ।
त्यसपछि उनीहरूबीच आज भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । “विषय जहाँको तहीँ छ,” सापकोटाले भन्नुभयो कुनै पनि विषयमा सहमति जुट्न सकेन ।”
प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि प्रचण्ड सीधै च्यासल पुग्नुभएको थियो। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा मुख्य वक्ता रहनुभएका प्रचण्डले ओलीसँग कुनै सहमति नभएको संकेत गर्नुभएको थियो।
मन्तव्यका क्रममा उहाले पार्टी विभाजन हुनबाट अन्तिमसम्म प्रयत्न गर्ने बताउँदै कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको थियो ए ।
उहाले पार्टी अध्यक्ष ओलीकै सक्रियतामा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको आरोप पनि लगाउनुभयो । त्यो आरोपले पनि उहाको ओलीप्रति असन्तुष्टि बढेको संकेत गर्थ्यो ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्