बुटवल–
सरकारले लकडाउन खुला गरेसँगै रुपन्देहीमा सबैजसो यातायात व्यवसायीले बस सञ्चालन गरेका छन्।
मुलुकको सबैभन्दा ठूलो बस व्यवसायी संस्थामध्येको एक पश्चिम नेपाल बस व्यवसायी प्रालिले पनि आफ्ना गाडी सडकमा निकालेको छ।
सरकारले दुरी कायम गरी यात्रु राखेर, स्वास्थ्य सुरक्षाको व्यवस्था गरी ४० प्रतिशत बढी भाडा लिएर यातायात चलाउन अनुमति दिएपनि यातायात व्यवसायी महासंघ र यस क्षेत्रको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आनाकानी गर्दै आएका थिए। रुपन्देहीमा सरकारको अनुमतिसँगै लुम्बिनी मेट्रोसिटीले बस चलाएको थियो। गत बिहीबारदेखि यातायात व्यवसायी महासंघले आफ्ना बस सञ्चालन गर्ने निर्णय गरेपनि पश्चिम नेपालले ढिला गरी शनिबारबाट मात्र गाडी चलाएको हो।
अहिले बुटवलबाट भैरहवा, सालझण्डी र बर्दघाटसम्म गाडी सञ्चालन गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बताउनुभयो।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्