रगतमा लाग्ने शुल्क निःशुल्क गराउने स्थानीय तहका प्रमुखहरुलाई सम्मान

रगतमा लाग्ने शुल्क निःशुल्क गराउने स्थानीय तहका प्रमुखहरुलाई सम्मान

बुटवल
आफ्नो स्थानीय तहमा रगतमा लाग्ने शुल्क निःशुल्क गराउने स्थानीय तहका प्रमुखहरुलाई आज बुटवलमा सम्मान गरिएको छ । ‘५४ औं रक्तसञ्चार दिवस’को अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले रगतमा लाग्ने शुल्क निःशुल्क गराएको भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाका प्रमुखलाई सम्मान गरेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अंघिल्लो वर्षदेखि नै रगतमा लाग्ने शुल्क निशुल्क गराएको थियो भने बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गरेर बजेट समेत बिनियोजन गरेकाले सम्मान गरिएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताउनु भयो ।
आज बुटवलमा आयोजित उक्त कार्यक्रममा प्रदेश पाँचका आज सभा सदस्य दधिराम न्यौपानेले तीन स्थानीय तहका प्रमुखलाई सम्मान गर्दै स्थानीय तहबाट भएको राम्रो कामको थालनी भएको र प्रदेशका १०९ वटै स्थानीय तहमा रगतमा लाग्ने शल्क निःशुल्क बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसै अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पताले अव आफैले ब्लड बैंक सञ्चालन गर्ने र रगतको आवश्यक पर्ने बिरामीलाई अस्पतालबाटै निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, एजाज आलम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij