रेडक्रस जिल्ला शाखाको स्वर्ण जयन्तिका अवसरमा वृक्षारोपण

रेडक्रस जिल्ला शाखाको स्वर्ण जयन्तिका अवसरमा वृक्षारोपण

कन्चन।
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा रुपन्देहीले आज वृक्षरोपण गरेको छ ।रेडक्रस जिल्ला शाखा रुपन्देहीको स्वर्ण जयन्ती महोत्सवको अवसरमा कन्चन उपशाखाले रुद्रपुर सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेको हो ।
वृक्षारोपणमा रुद्रपुर सामुदायिक वनका अध्यक्ष नाम बहादुर के.सी,रेडक्रस सोसाइटि कन्चनका उपाध्यक्ष गङ्गालाल पौडेल, सचिव तुल बहादुर थापा,कोषाध्यक्ष शशी सापकोटा, सह कोषाध्यक्ष हिमा वेल्वासे, राम बहादुर थापा, उमा ढकाल, खगिसरा पुन, युवा, जुनियर सर्कल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका प्रतिनीधिहरुलाई स्वागत गर्दै रुद्रपुर सामुदायिक वनका अध्यक्ष नाम बहादुर के.सी.ले कञ्चनलाई हरियाली बनाउन र कञ्चनको वाताबरणलाई स्वच्छ बनाउन रेडक्रसबाट भएको बृक्षारोपणले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख बताउनुभयो ।
उहाले समुदायमा आधारित सामुदायिक बनको संरक्षण गर्नु र सामुदायिक बनलाई हरियाली बनाउनु समुदायका हरेक ब्यक्तिहरुको जिम्मेवारी रहेको बिचार ब्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका उपसभापति गंगालाल पौडेलले कञ्चनलाई स्वच्छ र सुन्दर बनाउन रेडक्रसको भुमिकालाई जिवन्त बनाइराख्नु सबैको जिम्मेवारी भएको बताउनुभयो ।

उहाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको स्वर्ण बर्षको सकारात्मक सन्देश समुदायमा पुर्याउन सामुदायिक स्तरको कार्यक्रम अनुरुप कञ्चनमा बृक्षारोपण गरिएको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij