बुटवल।
पहिराेका कारण गयराति देखि अबरुद्ध सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं-३ सिद्धबाबा, कदमबास, पैठेडाँडा, ड्याम साइड तथा तानसेन नगरपालिका वडा नं ८ तल्लो डुम्रे नजिकै गएको पहिरो हटाएपछि आज अपरान्ह देखि एकतर्फी रूपमा सवारी आवागमन सुचारू भएको हो ।
सिद्वार्थ राजमार्गकै बर्तुङ-स्याङ्जा सडकखण्डमा पर्ने पाल्पाको बगनासकाली गाउँपालिका–४ सेरामा खसेको पहिरो पन्छाएर सडक खुलेको प्रहरीले जनाएको छ ।
ठाउँ ठाउँमा गएको पहिरो सफा गरेपछि अपरान्ह ३ बजेबाट एकतर्फी यातायात सञ्चालन भएको प्रहरी जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।
सिद्वार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेपछि पाल्पादेखि स्याङ्जा–पोखरा र पाल्पा–बुटवल सडकमा सवारी आवागमन अबरुद्ध भएको थियाे ।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्