काठमाडौं ।
नेपाली कांग्रेसका म्याद सकिएका भ्रातृ संस्थाहरुको म्याद छ महिना थप गरिएको छ ।नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दे पार्टी आवद्ध म्याद सकिएका भ्रातृ संघहरुको पदावधि छ महिना थप गरिएको जनाएको छ ।
आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने गरी पदावधि छ महिना थप गरिएको जनाइएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ् संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्