गुल्मी ।
गुल्मीको रुरु गाउँपालिका वडा नं ५ स्थित आटिपाटामा आज गएको पहिरोमा परि चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुइ छोरा र एक छोरिको ज्यान गएको बताइएको छ । राजु बोटे भने बैदेशिक रोगारिमा छन ।
अहिले उद्दारका लागि इलाका प्रहरी चौकी रिडि र इलाका प्रहरी चौकी जोहाङ्गको टोलि घटना स्थल जाँदै छ । ” त्यहाँ पुग्ने बाटो समेत पहिरोले अबरुद्ध छ हामी पुग्न अझै २ घण्टा जति लाग्छ भौतिक र मानबिय क्षतिको खबर छ यत्तिकै केही भन्ने अवस्था छैन ” रिडिका प्रहरी नायब निरीक्षक शालिकराम थापाले भन्नू भयो । टाहाटिम बजार सम्म पुग्ने बाटो समेत अबरुद्ध भएकाले त्यहाबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ ।
थापाका अनुसार सबै शवहरु अहिले स्थानीयले पहिरोबाट निकालेका छन् । प्रहरी र वडाका जनप्रतिनीधिहरु भने् अविरल परेको बर्षाका कारण घटनास्थलसम्म पुग्न सकेका छैनन् ।थप बिवरण आउन बाकी छ
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्