मानसिक स्वास्थ्य सम्बन्धी तालिम बुटवलमा सम्पन्न

मानसिक स्वास्थ्य सम्बन्धी तालिम बुटवलमा सम्पन्न

बुटवल
बुटवल उप—महानगरपालिका र नेपाल शहरी उत्थानशीलता परियोजनाको सहकार्यमा आयोजित तीन दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिम आज बुटवलमा सम्पन्न भएको छ । तालिममा कोभिड १९ का कारणले मानसिक रुपमा परेको असरलाई न्युनीकरण गर्न र मानसिक स्वास्थ्य प्रबद्र्धनका लागि आयोजना गरिएको बुटवल उप —महानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बताउनु भयो । सो तालिममा बुटवल उप —महानगरपालिका भित्र पर्ने वडा नम्बर १ देखि १९ सम्मका शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य तालिममा मानसिक स्वास्थ्य, यसले पार्ने प्रभाव, परामर्श र स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुलाई कसरी पहिचान गर्ने बारे पृश्वीचन्द्र अस्पताल परासीमा कार्यरत वरिष्ठ मनोचिकित्सक तथा प्रमुख प्रशिक्षक डा शुरज तिवारीले जानाकारी दिनु भएको थियो । त्यस्तै आत्महत्या, यसका कारणहरु , जोखिमका संकेत , र समाधानका उपायहरु बारे नेपाल शहरी उत्थानशीलता परियोजनाका संयोजक एवम् मनोविमर्शकर्ता बेवी शाहले जानाकारी दिनु भएको थियो । भने सि. एम. सि नेपालमा कार्यरत विनय महर्जनले कोभिड १९ को संक्रमणको बेला विभिन्न मानसिक समस्याहरु आउदाँ कसरी तनाव व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे जानाकारी दिनु भयो । सो अवसरमा प्रदेश नम्बर ५ का स्वास्थ्य अधिकृत हरि प्रसाद भुषालले आत्महत्याको अवस्था सम्बन्धी प्रदेश स्तरीय विवरण प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij