अर्घाखाँचीमा टिप्परले मोटरसाइकल ठोक्यो, एकजनाको मृत्यु

अर्घाखाँचीमा टिप्परले मोटरसाइकल ठोक्यो, एकजनाको मृत्यु

अर्घाखाँची ।
गोरुसिंगे–सन्धिखर्क सडकखण्डको शीतगंगा २ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिदा अर्घाखाँची सन्धिखर्क ७ का ३ बर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको छ ।

गोरुसिंगेबाट बालुवा बोकेर नरपानी तर्फ जाँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार साना दुई बच्चासहित ४ जना रहेको र अन्य ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिएर टिप्पर फरार रहेको थियो । अहिले इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेका छन् ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij