बुटवल उपमहानगरपालिकाद्धारा नगद कारोबार बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध

बुटवल उपमहानगरपालिकाद्धारा नगद कारोबार बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध

बुटवल।
बुटवल क्षेत्रमा समुदायमा समेत कोरोना भाइरस संक्रमण फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले नगद कारोबार बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल बबुटवल उपमहानगरपालिका क्षेत्र भित्र पनि समुदायमा फैलिएको र कोरोना भाइरस सँक्रमणको जोखिमबाट बच्न र थप सँक्रमण फैलिन नदिन नगरपालिकामा साउन २९ गते देखी भदौै ५ गते सम्म लकडाउन गरिएको भन्दै आजैैदेखी नगद कारोबार बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको हो ।

बुटवल उपमहानगरपालिकाले आज दिउसो एक सुचना जारी गरी आजैैदेखी नगद कारोबार बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको हो ।

आइतबार ५ जना कर्मचारी सहित बुटवल उपमहानगरपालिकाका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले आजै देखी अत्यावस्यक बाहेकका सेवा बन्द गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी का अनुसार संक्रमण पुष्टि भएका ५ जना उपमहानगरपालिकाका कर्मचारी हुन् ।

समुदाय स्तरमा समेत कोरोना भाइरसको संक्रमण फैलिएपछि बुुटवल उपमहानगरपालिकाले लकडाउनलाई थप कडा बनाउने भएको छ ।

कोरोना भाइरसको संक्रमण बाट बच्न र थप फैलिन नदिन बुटवल उपमहानरपालिकाले यही साउन २९ गते रातीदेखि घोषणा गरेको लकडाउन खासै पालना नभएपछि उपमहानगरपालिकाले लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको हो ।

समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा समेत लकडाउनको पुर्ण पालना नभएपछि बुटवल उपमहानगरपालिकाले कर्फ्यु लगाउने बिषयमा समेत छलफल भैरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij