एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा उप-नियन्त्रक महेश्‍वर शर्माले भर्खरै नतिजा प्रकाशित गरिसकेको जानकारी दिए। उनले भने,‘भर्खरै बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय भएपछि नतिजा प्रकाशित भइसकेको छ।’  विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका थिए। जसमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ। सरकारले कोरोना महामारीका कारण यस वर्षको एसइई परीक्षा नगराइ आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो। परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो। त्यही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलबाट सहमति लिएर परीक्षाफल प्रकाशित गरेको हो। परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन। सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्ने भएको छ। यो पटक त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ। विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि त्यहीँबाट त्रुटी सच्याएर विद्यालयमा पुयाउने व्यवस्था मिलाइएको छ। नतिजाको विस्तृत विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिने बोर्डले जानकारी दिएको छ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij