कास्कीको अन्नपूर्ण गाउँपालिकामाʿएक व्यक्ति, एक मास्कʾ अभियान

कास्कीको अन्नपूर्ण गाउँपालिकामाʿएक व्यक्ति, एक मास्कʾ अभियान

काठमाण्डौ ,कोभिड १९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाʿएक व्यक्ति, एक मास्कʾ अभियानसहित नागरिकको घरदैलोमा पुगेको छ ।

गाउँपालिकालाई कोरोना भाइरसको जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभित्र अहिलेसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ ।

भाइरसको सङ्क्रमणबाट जोगिनका लागि नागरिकलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सजगता र हात धुन नागरिकलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ ।

अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij