भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह

भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह

तिलोत्तमा, ।
पुष्पलाल स्मृति केन्द्र तिलोत्तमा रुपन्देहीले केन्द्रको नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचार र टिकाटिप्पणि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन क्षेत्र भित्रको वन विहार परिसरमा निर्माणाधिन केन्द्रको भवनमा तिलोत्तमा नगरपालिकाले आइसोलेशन सेण्टर संचालन गर्न खोजेकोमा केन्द्रले अवरोध गरेका जस्ता समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भएको प्रति केन्द्रले ध्यानाकर्षण भएको जनाएको हो ।

केन्द्रका अध्यक्ष राम गिरीले आज (शनिबार) एक विज्ञप्ति जारी गरी नगरपालिकाले यस संस्थाको निर्माणाधिन भवनमा आइसोलेशन सञ्चालन गर्न अनुरोध गरे बमोजिम केन्द्रले संचालक समितिमा आवश्यक छलफल र सल्लाह गरी उपलब्ध गराउन अगाडी बढेको अवस्थामा भवन नदिने र मानविय भावनामा समेत जिम्मेवार नभएको संस्था भनेर समाचार प्रकाशन तथा प्रशारण भएकोमा दुःख लागेको उल्लेख गर्नुभएको छ ।

संस्थाले कुनै आधिकारिक निर्णय नगर्दै अपुष्ट श्रोतबाट प्राप्त समाचार प्रकाशन तथा प्रशारण र टिप्पणि नगरि दिन केन्द्रले विज्ञप्ति मार्फत सम्वन्धित सबैमा अनुरोध गरेको छ । केन्द्रको भवन आइसोलेशन प्रयोजनका लागि नगरपालिकालाई उपलब्ध गराएको कुरा नगरवासीमा अनुरोध गर्दै केन्द्रले समाचारले सिर्जना गरेको भ्रममा नपर्न र नकारात्मक टिप्पणि समेत नगर्न सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij