बुटवल-प्रदेश ५ मा बुधबार ७३ जना संक्रमित थपिएका छन्। प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार प्रदेश ५ मा बुधबार दिउसो ४ बजेसम्म ७३ जना संक्रमित थपिएका हुन्।
जसमध्ये ६१ जना पुरुष र १२ जना महिला छन्। पौडेलका अनुसार बुधबार थपिनेमा रुपन्देहीका २७, बाँकेका २२, नवलपरासी पश्चिमका ९, प्युठानका ८, कपिलवस्तुका ५, बर्दिया र गुल्मीका १-१ जना रहेका छन्।
प्रदेश ५ मा बुधबारसम्म १७ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ९० जनाको सामान्य कक्षमा उपचार भइरहेको छ।
प्रदेश ५ मा सक्रिय संक्रमितको संख्या १ हजार ९७ रहेको पौडेलले बताए। जसमध्ये २२-२५ प्रतिशत संक्रमितमा लक्षण देखिएको छ।
प्रदेश ५ मा संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६ सय ३६ रहेको छ भने २४ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्