नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसमा दीप प्रज्वलन

नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसमा दीप प्रज्वलन

कञ्चन
कञ्चनमा नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसरमा हरैया माध्यमिक बिधालयमा दीप प्रज्वलन गरिएको छ।नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखाको आयोजनामा जुनियर सर्कल,युवा सर्कल र जुनियर रेडक्रस संरक्षकहरुको सहभागितामा दीप प्रज्वलन गरिएको हो ।
५८ औ स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले कञ्चन गाउपालिकामा रहेर सामाजिक क्षेत्रमा मानव सेवाको भावले रक्तदान कार्यक्रम,राहात तथा उद्धारको कायर्य गर्दै आएको र अझ सोसाइटीको संगठन बिस्तारमा ध्यान दिएर लाग्नु पर्नेमा जोड दिनु भएको छ।सामाजिक क्षेत्रमा निस्वार्थ भावले नाफारहित कार्य गर्ने सकृय सामाजिक संस्थाहरुमध्ये नेपाल रेडक्रस सोसाइटी पनि भएको हुदा आफ्नै कार्यलय भवनमा रहेर कार्य गर्दा अझ प्रभावकारी हुने भएकोले गाउपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको भवन निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सचिव तुल बहादुर थापाले नेपाल रेडक्रस सोसाइटीको स्थापना र उद्धेश्यबारे बताउदै नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखाले कोभिड १९ ले मानव समुदायमा पारेको बिपद ब्यबस्थापनको लागि कञ्चन गाउपालिकासंग सहकार्य र समन्वय गरी कार्य गर्दै आइरहेको र बिषम परिस्थितीका बावजुद पनि देशभर रगतको अभाव भइरहदा कञ्चन गाउपालिकाका स्थानिय संघसंस्थाहरुको सहकार्यमा ४ सय भन्दा बढी युनिट रगत संकलन गरि पठाउन सफल भएको बताउनु भएको छ।
कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले आफुलाई कुनै नाफा र पाइदाको आशा बिना नेपाल रेडक्रस सोसाइटी मानविय सेवामा बिशेष गरी बिपदको बेलामा उद्धारका लागि राहतको प्याकेज बोकेर हरेक परिस्थितीमा अग्रभागमा रहेर काम गर्ने संस्था रहेको स्मरण गर्दै कोभिड १९ को बिषम परिस्थितीमा पनि आफसंग भएको श्रोत साधनको उपयोग गरी उद्धारर्कामा लागेको प्रति कञ्चन उपशाखालाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
उपशाखा उपसभापति गंगालाल पौडेलले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा कञ्चनमा कोभिड १९का कारण क्वारेन्टाइनमा रहेका र सुरक्षाकर्मीहरुलाई सुरक्षाको सामग्री तथा कञ्चनका सहयोगदाताहरुको सहयोगमा ५ वटा क्वारेन्टान,दुई स्वास्थ्य चौकी र इलाका प्रहरी कार्यलय,रुद्रपुरमा हातधुने साबुन सहित सुरक्षित बाल्टी उपलब्ध गराइनुका साथै कवारेन्टाइनमा बस्न तथा सुत्नको लागि ५० थान कम्वल पनि सहयोग गर्न पाएको बताउनु भएको छ।यसैगरी यस उपशाखाले जिल्ला शाखाको समन्वयमा बिपन्न घरपरिवार तथा मुसहर बस्तीमा न्यानो कपडा प्रदान गरी पुस माघको कठांग्रीने जाडोमा केही राहत दिलाउन पाएको समेत उपसभापति पौडेलले स्मरण गर्नु भएको छ।नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका उपसभापति गंगालाल पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन उपशाखाका सह कोषाध्यक्ष हिमा बेलवासेले गर्नु भएको थियो भने सदस्य उमा ढकालले रेडक्रसको सात सिद्धान्त पाठ गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij