युवा समूहद्वारा अनाथलाई खाना

युवा समूहद्वारा अनाथलाई खाना

 

तिलोत्तमा – नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५ कोटिहवामा आश्रित बालबालिकाहरुलाई यहाँको एक युवा समूहले खानाको व्यवस्था गर्नुका साथै खाद्यान्न हस्तान्तरण गरेको छ ।

रुपन्देही युवा समूह तिलोत्तमा नगर समितिले कोभिड–१९ ले पारेको असरका कारण अनाथ आश्रममा आश्रित बालबालिका पनि प्रभावित भएको ठहर गर्दै शनिबार आश्रममै पुगेर बालबालिकालाई खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यस अवसरमा विभिन्न खाद्यान्न पनि युवा समूहले सहयोगस्वरुप उपलव्ध गराएको समूहका नगर उपाध्यक्ष सुशान्त बस्यालले बताए । आश्रममा रहेका १८ जना बालबालिकाहरुका लागि समूहले खाद्यान्न सहयोग गरेको हो ।

त्यस अवसरमा बोल्दै समूहका संस्थापक आनन्द गुप्ताले मानवीय र सामाजिक काममा सधै लागिरहन युवाहरुलाई आग्रह गरे । उनले यस्ता अनाथ आश्रमहरु देशभरि थुप्रै रहेको भन्दै राज्यले गर्नुपर्ने सहयोग युवाहरुले गरेकोमा धन्यवाद दिए । उनले देशभरि धेरै आश्रम चलाउनु भन्दा अनाथ बालबालिकाहरुलाई एउटै ठूलो भवनमा सुरक्षितसाथ राख्ने गरी सरकारले व्यवस्था मिलाउनुपर्ने माग समेत गरे ।

कार्यक्रममा नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईले युवाहरुले गरेको कार्य अनुकरणीय रहेको भन्दै सामाजिक काममा लाग्दा सबैको साथ र सहयोग रहने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले जुनसुकै समूहले गर्ने रचनात्मक काम र आश्रमको विकासका लागि पनि सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले आश्रममा आश्रित बालबालिकाको अवस्था र भौतिक पूर्वाधारको बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा नेपाल तरुण दल तिलोत्तमा नगर कमिटी अध्यक्ष खेम क्षेत्री, समूहका जिल्ला उपाध्यक्ष विशाल गुप्ता, महासचिव कृष्णप्रसाद खरेललगायतले मानवीय सेवाभाव नै सबैभन्दा ठूलो कुरा रहेको भन्दै यसतर्फ निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रम सुनिल (सायद) पाठक र विधान बस्नेतको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij