गुल्मी-कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा आज स्थानिय तहका कृषि प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी तथा आ.व.२०७६/७७ को वार्षिक प्रगति समिक्षा एंव आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता, जिल्ला प्रसासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति गुल्मीका जिल्ला समन्वय अधिकारी विजय कार्की, कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक खगेश्वर घिमिरे लगाएतको आतिथ्यता तथा कृषि अधिकृत टिकाराम न्यौपानेको सन्चालनमा भएको थियो।

कार्यक्रममा बोल्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले गुल्मी जिल्लाको आर्थिक समृद्धिका लागि कृषि विकास रणनीति बनाइ ब्यबसायिक कृषि उत्पादनमा जोड दिर्इ कृषिजन्य बस्तुको बढ्दो आयात कम गर्न कदम चाल्नुका साथै जिल्लाका निर्यातजन्य कृषि उपजको पहिचान गरी सोहि अनुसारका कृषि कार्यक्रमहरु सन्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो। भने त्यस्तै गरी संघ, प्रदेश तथा स्थानीय तह अन्तरगतका विभिन्न कार्यालयहरुबाट प्रबाह हुने कृषि अनुदानका कार्यक्रमहरु दोहोरिने सम्भावना रहने हुदा एकद्वार प्रणालीबाट अनुदानका कार्यक्रम सन्चालन गर्नुका साथै सन्चालित कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा मुल्याङ्कन गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति, गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताउनु भयो। गोष्ठीमा गत आ.व को वार्षिक प्रगति समिक्षा एंव आ.व.२०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम सम्बन्धी १/१वटा कार्यपत्र क्रमश कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरे र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मीका प्रमुख नारायण काफ्लेले प्रस्तुत गर्नुभएको थियो। गोष्ठीमा जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहमा कार्यरत १२जना कृषि प्राविधिकहरु तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्